शिक्षक सेवा आयोगको अन्तिम नतिजा सार्वजनिक (नतिजासहित)


२०७६ बैशाख २४ मंगलबार ०८:४६ बजे

काठमाडौं, २४ बैसाख । शिक्षक सेवा आयोगले शिक्षकको अन्तिम नतिजा प्रकाशित गरेको छ । लामो समयदेखि कार्यरत अस्थायी शिक्षकको माध्यमिक तहको मध्यमाञ्चल क्षेत्रको नेपाली, गणित र काभ्रेपलाञ्चोक जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गरिएको जानकारी गराइएको छ ।

नतिजा अनलाइनमार्फत हेर्न सकिने व्यवस्था आयोगले मिलाएको छ ।
उम्मेदवारले TSC टाइप गरी स्पेस दिइ आफ्नो रोल नं. टाइप गरी इन्टर थिची ३१००७ नम्बरमा एस.एम.एस गरी परीक्षाफलसम्बन्धी जानकारी लिन सकिने छ ।

जस्तैः गुल्मीको रोल नंं.४६३०३००००४ को परीक्षार्थीले आफ्नो नतिजा जानकारी लिनका लागि मोवाइलको मेसेज वक्समा गई TSC स्पेस रोल नं. ४६३०३००००४ टाइप गरी ३१००७ मा मेसेज पठाउने ।

मावि खुल्लामा पुनर्योग गर्न सकिने
नेपाल सरकार शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले माध्यमिक तहको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजामा चित्त नबुझेकाहरुले पुनर्योग गर्न पाउने सम्बन्धमा सूचना निकालेको छ ।

नतिजाको सूचना आयोगद्वारा विभिन्न मितिमा प्रकाशित लिखित परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि पेश भएका आवेदन उपर पूर्ण समितिको मिति २०७६ वैशाख २३ गतेको निर्णय एवं सिफारिस बमोजिम देहायका उम्मेद्वारहरुको तपशिल बमोजिमको पूर्ण नतिजा कायम भएको पनि व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७