उत्कृष्ट अभिनेताको अवार्ड पाएपछि शाहरुख खानले के भने ?


२०८२ श्रावण १७ शनिबार १२:०७ बजे

काठमाडौं । राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेपछि बलिउड अभिनेता शाहरुख खानले निर्णायक मण्डल, सूचना तथा प्रसारण मन्त्रालय र भारत सरकारलाई धन्यवाद दिएका छन् ।

शाहरुखले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा कृतज्ञता व्यक्त गर्दै एउटा भिडिओ शेयर गरेका छन् । भिडिओमा उनी हात ब्यान्डेज गरेको अवस्थामा देखिएका छन् । भर्खरै एक फिल्मको सुटिङमा उनी घाइते भएको खबर आएको थियो । 

भिडिओमा शाहरुखले भनेका छन्, ‘राष्ट्रिय चलचित्र पुरस्कार केवल एउटा उपलब्धि होइन । यसले मलाई के सम्झाउँछ भने म जे गर्छु, त्यसको महत्व छ । यसले मलाई अगाडि बढ्न, कडा परिश्रम गर्न र सिनेमाको सेवा गरिरहन भन्छ । यस अवार्डले मलाई अभिनय एउटा काम मात्र नभएर जिम्मेवारी पनि हो भनेर स्मरण गराउँछ । पर्दामा सत्य देखाउनु एउटा जिम्मेवारी हो ।’

उनले निर्देशक एटली हित फिल्म ‘जवान’ को टोलीलाई पनि धन्यवाद दिएका छन् । शुक्रबार भारतमा ७१औँ राष्ट्रिय चलचित्र पुरस्कार २०२३ घोषणा गरिएको थियो ।

यस पटक दुई कलाकारले उत्कृष्ट अभिनेताको अवार्ड पाए । ‘जवान’ का लागि शाहरुख खान र ‘१२ वीं फेल’ (१२औं फेल) का लागि विक्रान्त मेस्सीले उक्त अवार्ड पाएका हुन् ।

फिचर फिल्म श्रेणीमा हिन्दी फिल्म ‘१२ वीं फेल’ ले उत्कृष्ट फिल्मको अवार्ड पायो । ‘मिसेस चटर्जी भर्सेस नर्वे’ मा बलियो अभिनयका लागि रानी मुखर्जीलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइयो । 

‘द केरला स्टोरी’ का निर्देशक सुदिप्तो सेनले निर्देशनका लागि राष्ट्रिय अवार्ड पाएका छन् । मनोरञ्जनात्मक लोकप्रिय चलचित्रहरूको श्रेणीमा (पूर्ण मनोरञ्जन प्रदान गर्ने सर्वश्रेष्ठ लोकप्रिय चलचित्रको अवार्ड) ‘रकी रानी की प्रेम कहानी’ ले पुरस्कार पायो, जुन करण जोहरद्वारा निर्देशित हो । यस फिल्मको निर्माता धर्मा प्रोडक्सन प्रालि हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७