काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना, १४ जना घाइते


२०७६ बैशाख १४ शनिबार १९:४८ बजे

कपिलवस्तु, वैसाख १४ । काठमाडौंबाट धनगढी जाँदै गरेको ना ७ ख ५१८७ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत वाणगंगा नगरपालिकाको चप्परगाँंउमा दुर्घटना भएको छ ।

दुर्घटर्नामा परी बसमा सवार १४ यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते सबैको स्थानीय सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बसको गियर बक्स बिग्रेका कारण बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई ५० फिट दक्षिण सडक किनारमा पल्टेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७