आराध्याकाे जन्मोत्सवको २१ हजार खर्च बारा–पर्साका हावाहुरी पीडितलाई


१८:४२ बजे

काठमाडौं, २० चैत । सप्तरीको राजविराज नगरपालिका–३ की आराध्या सुमनले आफ्नो जन्मदिनको अवसरमा हुने खर्च बारा–पर्साका हावाहुरी पीडितलाई दिएकी छिन् ।

उनले जन्मदिनमा हुने सम्पूर्ण खर्चको रकम प्रदेश नं २ को मुख्यमन्त्री राहत कोषमा आफ्नै नामबाट राष्ट्रिय वाणिज्य बैंक राजविराज शाखाबाट जम्मा गरेकी आराध्याका बुबा राष्ट्रिय जनता पार्टी (राजपा-नेपालका महासचिव तथा प्रदेश सांसद मनिष सुमनले जानकारी दिए ।

आराध्याको जन्म दिनको अवसरमा खर्च हुने अनुमानित २१ हजार रूपैयाँ जन्मदिनका दिन मुख्यमन्त्री राहत कोषमा जम्मा गरिन् ।

‘आराध्य बिहानै एकदमै खुसी थिइन् । आजको उनको जन्मदिन थियो । त्यसको अर्को कारण व्यस्त रहेको उनको बुबा (म) काठमाडौंबाट जन्मदिन मनाउन आएको थे ।’ उनका बुबा सांसद सुमनले लेखेका छन्,‘गतरातको हावाहुरीसँग अन्जान आराध्यले जब टिभी इन्टरनेटमा प्रभावित क्षेत्रको भीषण आपत, तस्बिर देखेपछि खुसी कम भयो । त्यसपछि उनले उनीहरुको लागि केही गर्न मनसाय व्यक्त गरिन र जन्मदिनको खर्च पीडितलाई सहयोग गरेकी छिन् ।’

आइतबार साँझ आएको विनाशकारी आँधीबाट घाइते भएका र मृत्यु भएका परिवारलाई सहयोग हुने उद्देश्यले सो रकम मुख्यमन्त्री राहत कोषमा जम्मा गरेको बताए ।

मङ्गलबार साँझसम्म बारा र पर्सामा आएको हावाहुरीमा परी ३० को मृत्यु भएको छ भने करीब ७०० भन्दा बढी घाइते भएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७