सुरज मानन्धरले ल्याए नयाँ गीत 'तिम्रो अंगालोमा' (भिडियाेसहित)

काठमाडाैं : गायक सुरज मानन्धर आफ्नो नयाँ गीत 'तिम्रो अंगालोमा' ल्याएर बजारमा ल्याएका छन् । लामो समयको मेहनत र प्रतीक्षापछि अलिक फरक आवाज भएका उनले याे गीत सार्वजनिक गरेका हुन् ।
गीतमा गायक सुरजलाई अन्जु पन्तले साथ् दिएकी छिन । संगीतकार चन्दन के श्रेष्ठसँग शास्त्रीय संगीतको शिक्षा लिएका गायक मानन्धरको यो गीतमा गोबिन्द दाहालको शब्द रहेको छ । गीत चन्दन के श्रेष्ठको संगीतसंगै फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।
गीत म्युजिक भिडियोमा निराजन प्रधान र अशिष्मा नकर्मीको अभिनय छ । राजिव समरको कोरियोग्राफी रहेको भिडियो लाई अनिल के मानन्धरले छायांकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोलाई शान थापाले निर्देशन गरेका हुन्।