घरबाट नर्सिङ क्याम्पस हिंडेकी १९ वर्षीया छात्रा मृत्त फेला
पोखरा, १९ फागुन । पोखराको फेवाताल–६ मा आइतबार बिहान पोखरा नर्सिङ क्याम्पसकी एक छात्राको शव भेटिएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–२ को ढिकुरपोखरी बस्ने १९ वर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अवस्थामा शव भेटिएको बैदाम कार्यालयका प्रमुख कोमल शाहले जानकारी दिएका छन् ।
नर्सिङ कलेजमा अध्ययनरत अधिकारी आज बिहानै क्याम्पस जानका लागि घरबाट हिंडेको बताइएको छ । उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको छ ।