आमा–बुबासँग छुटेका १८ सय बालबालिकाको पुनर्मिलन
आमा–बाबुसँग भेटाउने म्याद सकिएको छ तर, सात सय भन्दा बढी बालबालिका अझै हिरासतमा रहेका छन् । उनीहरूका बाबु–आमालाई अमेरिका बाहिर पठाई सकिएकोले उनीहरूलाई आमा–बाबुसँग भेटाउन नसकिएको बताइएको छ । कैयौं आप्रवासी बालबालिका अन्यौल र अमेरिकी प्रशासनिक झमेलमा फसिरहेको बताइएको छ ।
आप्रवासीसम्बन्धी ट्रम्पको नयाँ नीति लागू भएपछि २५ सय आप्रवासी बालबालिकाहरू आफ्ना आमा–बाबुबाट छुटेका थिए । आप्रवासी बालबालिकाको त्यस्तो अवस्थालाई लिएर अमेरिकाको चर्को आलोचना भएपछि बालबालिकालाई हिरासतमा राख्ने निर्णयबाट ट्रम्प प्रशासन पछि हटेको थियो ।
‘आज साँझको म्याद सम्ममा हामी सबै योग्य बालबालिकाको उनीहरूका आमा–बाबुसँग पुनर्मिलन गराउँदैछौं’, अमेरिकी स्वास्थ्य मन्त्रालयका एक अधिकारी क्रिश मिकिन्सले भने । ट्रम्पको आप्रवासी सम्बन्धी ‘शून्य सहनशिलता’ को नीतिविरुद्ध मुद्दा दायर गरेको अमेरिकी सिभिल लिबर्टिज् युनियनले चाहिँ अमेरिकी सरकारले स्वपरिभाषित म्याद अनुसार मात्र काम गरेको बताएको छ । सो संस्थाले अमेरिका बाहिर रहेका सबै अभिभावकहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताएको छ । बीबीसी .gif)

.png)

