आफ्नै दाइबाट पटक–पटक बलात्कृत किशोरीलाई उल्टै जेल सजाय
इन्डोनेशियाको एक अदालतले गत हप्ता ती किशोरीलाई कैद सजाय सुनाएको हो । सुमात्रा प्रान्तको मुराया बुलियन जिल्लाको अदालतका न्यायाधीश आरिफ बुढाम्यानका अनुसार १७ वर्षीया वर्षीय दाइले पछिल्लो वर्षमा ती किशोरीलाई आठ पटक बलात्कार गरेका थिए । उनका दाइलाई किशोरीमाथि यौन हमला गरेको ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाइएको छ ।
गर्भ बसेको ६ महिनामा गर्भपात गराएको भन्दै किशोरीलाई पनि ६ महिनाको कैद सुनाइएको हो । तर, कतिपयले भने ती पीडित किशोरीलाई सजाय दिन नहुने जिकिर गरेका छन् । तर, इन्डोनेसियामा गर्भपतन कानुनी रुपमा अपराध भएकाले उनलाई सजाय सुनाइएको हो । एजेन्सी .gif)

.png)

