गृहमन्त्री गुरुङले यूएईसँग मागे जलविद्युत् र सुरक्षा क्षेत्रमा सहकार्य


२०८३ कार्तिक २९ आइतबार ०९:२५ बजे

काठमाडौं : गृहमन्त्री सुदन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई) सँग जलविद्युत्, कृषि, सेवा तथा सुरक्षा प्रविधिका क्षेत्रमा लगानी र सहकार्यका लागि प्रस्ताव गरेका छन् ।

यूएईका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग भएको भेटमा उनले नेपालका विभिन्न परियोजनामा सहकार्यको प्रस्ताव प्रस्तुत गरेका हुन् ।

भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गृहमन्त्री गुरुङले दुई देशबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यका विविध आयाममा छलफल भएको बताएका छन् ।

भेटमा बुढीगण्डकी जलविद्युत् आयोजना, कृषि तथा सेवा क्षेत्र र सुरक्षा प्रविधिमा यूएईको लगानी तथा सहकार्यका विषयमा प्रस्ताव राखिएको उनले बताए । 

त्यसैगरी, ‘फेसलेस पुलिसिङ’ (Faceless Policing), गैरघातक सुरक्षा उपकरण (Non-lethal Security Gears) उत्पादन तथा सुरक्षा निकायको आधुनिकीकरण र प्रविधिमैत्री रूपान्तरणका विषयमा पनि विचार आदानप्रदान भएको उनले उल्लेख गरेका छन् ।

गुरुङले नेपालले अघि सारेका प्रस्तावित परियोजनामा सहकार्य गर्न यूएईका मन्त्री डा. थानी सकारात्मक रहेको बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७