एनपीएल : समूह चरणका अन्तिम समीकरण निर्धारण गर्न आज दुई खेल
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको समूह चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चितवन राइनोजले कर्णाली याक्ससँग तथा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछन् ।
आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन् । चितवन अंक तालिकाको चौथो स्थानमा रहँदै प्लेअफमा पुगिसकेको छ भने कर्णाली सातौँ स्थानमा छ ।
त्यस्तै, दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्स भिड्नेछन् । प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमाण्डु अंक तालिकाको तेस्रो स्थानमा छ । पोखरा भने तालिकाको पुछारमा रहेको छ ।
आजका दुवै खेलले अंक तालिकाको अन्तिम समीकरण निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन् । साथै, समूह चरणको समाप्तिमा टोलीहरूको स्थानसमेत टुङ्गो लाग्नेछ ।
.gif)

.png)




