छठ बिदामा पनि राहदानी विभागले सेवा दिने
काठमाडौं : छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी विभागले नियमित सेवा सञ्चालन गर्ने भएको छ ।
सोमबार कात्तिक ३० गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म राहदानीसम्बन्धी सेवा उपलब्ध हुने विभागका महानिर्देशक दीपक विश्वकर्माले जानकारी दिए ।
सार्वजनिक बिदाका कारण सेवाग्राहीलाई राहदानी सेवा लिन असुविधा नहोस् भन्ने उद्देश्यले विभाग खुला राख्ने निर्णय गरिएको उनले बताए ।
छठ पर्व मनाउने कर्मचारीहरूलाई भने विभागले सोमबार बिदा दिएको छ ।
.gif)

.png)




