परराष्ट्रसचिव र भारतीय राजदूतबीच भेटवार्ता
काठमाडौं : परराष्ट्रसचिव अमृतबहादुर राई र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच भेटवार्ता भएको छ ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा सचिव राईले राजदूत दलेलालाई नेपालमा कार्यकाल सफलताको शुभकामना दिँदै बधाइ दिएका थिए ।
भेटका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने र द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुवै देश र जनताको पारस्परिक हितका लागि सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा उनीहरूबीच विचार आदानप्रदान भएको मन्त्रालयको भनाइ छ ।
.gif)

.png)




