विमानस्थल र सुनसरीबाट लागूऔषधसहित भारतीय नागरिकसहित दुई पक्राउ


२०८३ कार्तिक २७ शुक्रबार १७:१६ बजे

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सुनसरीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो गाँजासहित भारतीय नागरिक २५ वर्षीय सुबोध कुमार पक्राउ परेका छन् । 

त्यस्तै, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट ब्राउनसुगरजस्तो देखिने ५ ग्राम ३४० मिलिग्राम पदार्थसहित धरान उपमहानगरपालिका–१ का २५ वर्षीय अमर दर्जी पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

थाई एयरवेजमार्फत नेपाल आएका उनलाई बिहीबार लागूऔषध नियन्त्रण ब्युरोको विमानस्थल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७