नागढुंगा सुरुङमार्गमा आजदेखि शुल्क लाग्ने, कुन सवारीले कति तिर्नुपर्छ ?
काठमाडौं : नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग दस्तुर (शुल्क) उठाइने भएको छ ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्गअनुसार फरक–फरक शुल्क निर्धारण गरेको जनाएको छ ।
सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार शुल्क संकलन सुरु गर्न लागिएको हो ।
आयोजनाका अनुसार वर्ग १ मा पर्ने कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
त्यस्तै, वर्ग २ अन्तर्गतका मिनी बस तथा मिनी टिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
वर्ग ३ मा पर्ने बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै, वर्ग ४ अन्तर्गतका मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क बुझाउनुपर्ने आयोजनाले जनाएको छ ।
सवारीसाधनअनुसार शुल्कः
|
सवारीसाधनको वर्ग |
काठमाडौं प्रवेश |
काठमाडौं बाहिरिँदा |
|---|---|---|
|
कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा हलुका सवारी |
रु. ६५ |
रु. ६० |
|
मिनी बस तथा मिनी टिपर/ट्रक |
रु. ११५ |
रु. ८० |
|
बस तथा ट्रक |
रु. २६० |
रु. २०० |
|
मल्टी एक्सल ट्रक तथा भारी उपकरण |
रु. ६०० |
रु. २५० |
.gif)

.png)




