लामो समयदेखि गैरहाजिर सात सशस्त्र प्रहरीलाई कारबाहीको तयारी


२०८३ कार्तिक १३ शुक्रबार ०९:१२ बजे
फाइल फोटो

काठमाडौं : सशस्त्र प्रहरी बलले एक जना प्रहरी नायव निरीक्षक (सई) सहित सात जना कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । तोकिएको समयभित्र सम्पर्कमा नआए कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै विभिन्न इकाइबाट बिदा लिएका तथा आफूखुसी लाइन ब्यारेक छाडेर लामो समयदेखि गैरहाजिर रहेका कर्मचारीलाई कार्यालयमा उपस्थित हुन भनेको हो ।

कार्यालयले बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको मनासिब कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क राख्न निर्देशन दिएको छ ।

तोकिएको समयभित्र सम्पर्कमा नआए सशस्त्र प्रहरी नियमावली, २०७२ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

हेर्नूहोस् सूचनाः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७