विदेशी मुद्रा महँगियो, यस्तो छ आजको विनिमयदर
काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरसहित युरो, पाउन्ड स्टर्लिङ र स्वीस फ्र्यांकको भाउ बढेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा कायम भएको छ ।
बिहीबार यसको खरिददर १५२ रुपैयाँ ६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा थियो ।
यस्तै, युरो एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९ पैसा पुगेको छ । अघिल्लो दिन युरोको खरिददर १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८३ पैसा थियो ।
पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । बिहीबार यसको खरिददर २०२ रुपैयाँ र बिक्रीदर २०२ रुपैयाँ ७९ पैसा थियो ।
स्वीस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८४ रुपैयाँ २९ पैसा पुगेको छ । अघिल्लो दिन यसको खरिददर १८३ रुपैयाँ १२ पैसा र बिक्रीदर १८३ रुपैयाँ ८४ पैसा थियो ।
अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलर पनि महँगिए
राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ पनि बढेको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा कायम भएको छ ।
क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १२ पैसा पुगेको छ ।
त्यस्तै, सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ १२ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नूहोस् मूल्यः

.gif)

.png)



