एनपीएल : आज विराटनगर–चितवन र कर्णाली–जनकपुरबीच प्रतिस्पर्धा
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबार दुई खेल हुँदैछन्।
पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।
त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल मध्याह्न साढे १२ बजे सुरु हुनेछ। दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रनेछन्।
त्यस्तै, आजको दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ। उक्त खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ।
यसअघि सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो।
कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका खेल हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुनेछन्।
साथै, अनलाइनखबर डटकमले बल-बाई-बल अपडेटसहित खेलको विशेष कभरेज गर्ने जनाएको छ।
.gif)

.png)



