आज कुन विदेशी मुद्राको दर कति ? यस्तो छ विनिमयदर


२०८३ असोज २६ सोमबार ०७:४० बजे
फाइल फोटो

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा रहेको छ।

केन्द्रीय बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७२ पैसा कायम भएको छ। 

यस्तै, बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०५ रुपैयाँ २१ पैसा तथा स्वीस फ्र्यांक एकको खरिददर १८६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९० पैसा र बिक्रीदर १०८ रुपैयाँ ३२ पैसा रहेको छ। 

क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा तथा सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ ६२ पैसा र बिक्रीदर १२१ रुपैयाँ ०९ पैसा तोकिएको छ।

त्यसैगरी, जापानी येन १० को खरिददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २३ रुपैयाँ ०८ पैसा र बिक्रीदर २३ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ।

साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ १२ पैसा र बिक्रीदर ४१ रुपैयाँ २८ पैसा तथा कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ५८ पैसा कायम गरिएको छ। यूएई दिराम एकको खरिददर ४२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४२ रुपैयाँ २२ पैसा रहेको छ।

थाई भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा तोकिएको छ। 

मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा तथा दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११ रुपैयाँ ५७ पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५ रुपैयाँ ५१ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १५ पैसा र बिक्रीदर २३ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९ रुपैयाँ ७६ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ५०३ रुपैयाँ २६ पैसा तोकिएको छ।

त्यस्तै, बहराइन दिनार एकको खरिददर ४०९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४१० रुपैयाँ ६४ पैसा तथा ओमनी रियाल एकको खरिददर ४०१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ८० पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा पनि विनिमयदर संशोधन गर्न सकिने जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७