नेपाल प्रेसको न्यूज रुमबाट पक्राउ परेका पत्रकार सुवेदी रिहा


२०८३ कार्तिक १३ शुक्रबार २०:१० बजे
पत्रकार विश्वमणि सुवेदी

काठमाडौं : नेपाल प्रेसको न्यूज रुमबाटै पक्राउ गरिएका पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन् । उनलाई प्रहरीले केहीबेरअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट छाडेको हो ।

प्रहरीले सुवेदीलाई नियन्त्रणमा लिएर नेपाल प्रेसमा प्रकाशित समाचारको स्रोत खुलाउन दबाब दिएको थियो । यसैक्रममा नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेल र अध्यक्ष विन्दुराज लम्साललाई पनि ब्युरोमा बोलाएर सोधपुछ गरिएको थियो ।

प्रधान सम्पादक पौडेलले प्रकाशित समाचारको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएपछि प्रहरीले सुवेदीलाई रिहा गर्न तयार भएको जनाइएको छ । पौडेलले भने समाचारको स्रोत खुलाउन अस्वीकार गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७