सञ्चारगृहबाटै पत्रकार नियन्त्रणमा लिनु लोकतान्त्रिक आचरणविपरीत : रास्वपा


२०८३ कार्तिक १३ शुक्रबार २०:३५ बजे
फाइल फोटो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार लेखेकै आधारमा सञ्चारगृहबाटै पत्रकारलाई नियन्त्रणमा लिने र अन्य पत्रकारको खोजी गर्ने प्रहरीको कार्यप्रति आपत्ति जनाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै रास्वपाले स्वतन्त्र प्रेसलाई भयभीत बनाउने तथा सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने गतिविधि लोकतान्त्रिक आचरणविपरीत भएको जनाएको हो ।

प्रकाशित समाचारप्रति कुनै विमति वा गुनासो भए स्थापित कानुनी तथा न्यायिक प्रक्रियामार्फत समाधान खोज्नुपर्ने पार्टीको धारणा छ । पत्रकारमाथि धरपकड गर्नु विधिको शासनको उल्लङ्घन भएको पनि रास्वपाले उल्लेख गरेको छ ।

पार्टीले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । साथै, गैरकानुनी रूपमा नियन्त्रणमा लिइएका पत्रकारलाई ससम्मान र बिनासर्त रिहा गर्न आग्रह गरेको छ ।

रास्वपाका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मीको पेसागत मर्यादा, सुरक्षा र प्रेस स्वतन्त्रताको पक्षमा पार्टीको अडान सम्झौताहीन रहने उल्लेख छ ।

हेर्नूहोस् विज्ञप्ति:

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७