कोशीका १३ जिल्लामा फैलियो डेंगु, संक्रमितको संख्या ७९३ पुग्यो


२०८३ असोज ५ सोमबार ०८:२० बजे
फाइल फोटो

झापा : कोशी प्रदेशमा डेंगु संक्रमण फैलिने क्रम बढ्दै गएको छ। प्रदेशका १३ जिल्लामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृति लुईँटेलका अनुसार सेप्टेम्बर १९ सम्म प्रदेशभर ७९३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

जिल्लागत रूपमा झापामा सबैभन्दा धेरै संक्रमित भेटिएका छन्। झापामा मात्रै २२८ जनामा डेंगु पुष्टि भएको छ। त्यसपछि सुनसरीमा २०३ जना संक्रमित भेटिएका छन्। यस्तै, ओखलढुंगामा १२२, खोटाङमा ८२, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, मोरङमा २० र संखुवासभामा १८ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

धनकुटामा ४, सोलुखुम्बुमा ३, तेह्रथुममा ३ तथा ताप्लेजुङमा १ जनामा पनि डेंगु संक्रमण देखिएको छ। निर्देशनालयका अनुसार सोही अवधिमा विभिन्न जिल्लाका अस्पतालमा डेंगु संक्रमणका ५१ सम्भावित र दुई शंकास्पद बिरामी उपचाररत रहेका छन्। संक्रमणको जोखिम बढ्दै गएपछि लामखुट्टेको बासस्थान पहिचान गरी नष्ट गर्ने तथा समुदायस्तरमा सचेतनामूलक र नियन्त्रणका अभियान सञ्चालन गर्न आवश्यक रहेको जनस्वास्थ्य अधिकृत लुईँटेलले बताएकी छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७