बालिका बलात्कार गर्ने दुई युवक पक्राउ
काठमाडौं : १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुधौली नगरपालिका–३ का २३ वर्षीय भक्तबहादुर कार्की पक्राउ परेका छन्। उनलाई आइतबार दिउँसो प्रहरी चौकी ढुङ्ग्रेबासबाट खटिएको टोलीले पक्राउ गरेको हो।
यसैगरी प्रहरीले १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–६ कात्तिकेका २१ वर्षीय लाक्पा तामाङ पक्राउ गरेको छ। उनलाई सोमबार बेलुकी इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
यस्तै, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकालु गाउँपालिका–५ बस्ने तथा भोटखोला गाउँपालिका–४ घर भएका ४३ वर्षीय किरण तामाङ पक्राउ परेका छन्। उनलाई सोमबार दिउँसो प्रहरी चौकी नुमबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। तीनै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
.gif)

.png)

