विष्णुमति र धोबीखोलामा जलसतह बढ्यो, नदी किनारका बासिन्दालाई सतर्कता


२०८३ भदौ १५ सोमबार २२:१२ बजे
फाइल फोटो

काठमाडौं : अविरल वर्षापछि काठमाडौंका नदी तथा खोलामा जलसतह बढेसँगै नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ।

बाढी पूर्वानुमान महाशाखाले सोमबार राति ८ः४० बजे सूचना जारी गर्दै विष्णुमती, धोबीखोलालगायत नदी तथा खोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो। महाशाखाका अनुसार गोङ्गबु जलमापन केन्द्रमा जलसतह खतरा तह नजिक पुगेको छ। 

निरन्तर वर्षा भइरहेकाले नदी तथा खोलाको जलसतह थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ। महाशाखाले विशेषगरी नदी तथा खोलाको किनार आसपासका बस्तीमा बसोबास गर्ने तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन अनुरोध गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७