भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकद्वारा २ करोड ५१ लाख सहयोग
काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
सिद्धार्थ बैंकका अध्यक्ष राहुल अग्रवाल र प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बश्यालले उक्त रकमको चेक अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
बैंकले विपद्का कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध बैंकले आगामी दिनमा पनि देश तथा समाजलाई आवश्यक परेको समयमा मानवीय तथा विपद् व्यवस्थापनका कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
.gif)

.png)

