अफ्रिकन स्वाइन फिभरको जोखिम बढेपछि उच्च सतर्कता अपनाउन आग्रह


२०८२ माघ २९ बिहीबार १८:२३ बजे

काठमाडौँ : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सुँगुर तथा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर (एएसएफ) को जोखिम देखिएकाले किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार हालसम्म यस रोगविरुद्ध कुनै खोप उपलब्ध छैन  ।त्यसैले सुँगुर तथा बङ्गुर पालन फार्ममा कडाइका साथ जैविक सुरक्षा उपाय अपनाउन र अस्वाभाविक रूपमा पशु मरेमा तत्काल संघ, प्रदेश वा स्थानीय तहका पशु सेवा केन्द्र तथा सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरिएको छ ।

घरपालुवा सुँगुर, बङ्गुर तथा जङ्गली बँदेलमा विषाणुका कारण लाग्ने यस रोगमा १०४ देखि १०७ डिग्रीसम्म उच्च ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भागको छाला रातो हुने जस्ता लक्षण देखिन्छन्  । शरीरमा निलो धब्बा देखिनु, खाना नखानु, बान्ता गर्नु र छट्पटाउनु पनि प्रमुख संकेत हुन् ।

मन्त्रालयअन्तर्गत कृषि सूचना तथा प्रशिक्षण केन्द्रका डा. सञ्जीव पण्डितका अनुसार रोगबाट पशुको मृत्युदर उच्च भए पनि मानिसमा भने नसरिने स्पष्ट पारिएको छ  ।सङ्क्रमित पशु वा तिनका पाठापाठीको सम्पर्कमा आएका मासुजन्य वस्तु एक स्थानबाट अर्को स्थानमा ओसारपसार गर्दा संक्रमण फैलिने जोखिम उच्च रहने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

केन्द्रका अनुसार नेपालमा तीन वर्षअघि पहिलो पटक अफ्रिकन स्वाइन फिभर पुष्टि भएको थियो  । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा १० हजारभन्दा बढी सुँगुर तथा बङ्गुरमा संक्रमण फैलिएको विवरण छ ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७