सूर्यविनायक नगरपालिकाले माग्यो कर्मचारीः विभिन्न २५ पदका लागि आवेदन आह्वान


२०८३ भदौ १० बुधबार ०९:०४ बजे
फाइल फोटो

काठमाडौं : भक्तपुरको सूर्यविनायक नगरपालिकाले विभिन्न पदमा २५ जना कर्मचारी करार सेवामा नियुक्त गर्न आवेदन आह्वान गरेको छ। नगरपालिकाले भदौ १० गते सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो।

नगरपालिकाका प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा कर्मचारी माग गरिएको छ। जसअनुसार सातौँ तहको आर्किटेक्चर इन्जिनियर १ जना, चौथो तहका सहायक कम्प्युटर अपरेटर ३ जना, अमिन १ जना, राजस्व सहजकर्ता ६ जना, फिल्ड सहायक १ जना र ना.प्रा.स. (भेटेरिनरी) १ जनाका लागि आवेदन खुलाइएको छ।

यस्तै, सूर्यविनायक नगर अस्पतालमा पनि चिकित्सक तथा स्वास्थ्यकर्मीका विभिन्न पदमा करार सेवाका लागि आवेदन माग गरिएको छ। अस्पतालतर्फ नवौँ तहका अप्थालमोलोजिष्ट र रेडियोलोजिष्ट १–१ जना तथा आठौँ तहका मेडिकल अधिकृत ३ जना र डेन्टल सर्जन १ जना माग गरिएको छ।

त्यसैगरी सातौँ तहमा फिजियोथेरापिष्ट १ जना तथा पाँचौँ तहका अप्थल्मिक सहायक, स्टाफ नर्स, ल्याब असिस्टेन्ट र फिजियोथेरापी असिस्टेन्ट १–१ जना आवश्यक रहेको नगरपालिकाले जनाएको छ। चौथो तहमा डेन्टल हाइजिनिष्ट १ जनाका लागि पनि दरखास्त आह्वान गरिएको छ।

नगरपालिकाका अनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात र प्रक्रिया पूरा गरी आवेदन दिन सक्नेछन्। नगरपालिकाले रिक्त पदमा करार सेवामार्फत जनशक्ति थप गर्न लागेको हो। विशेषगरी नगर अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी थपिएपछि स्थानीयस्तरमै स्वास्थ्य सेवा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७