महाधिवेशन रोक्न देउवा र खड्का पक्ष सर्वोच्चमा
असोजको महाधिवेशन रोक्न देउवा समूहले दियो सर्वोच्चमा रिट
काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। पूर्वसभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टाछुट्टै रिट दर्ता गरिएको नेता मीन विश्वकर्माले जानकारी दिए। दुवै नेताको तर्फबाट कानून व्यवसायीले सर्वोच्चमा रिट दर्ता गराएका हुन्।
देउवा समूहले असोजमा महाधिवेशन गर्ने गरी कांग्रेसले अघि बढाएको कार्यतालिका रोक्न माग गरेको छ। पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्चले पुनः सुनुवाइका लागि निस्सा दिइसकेको भन्दै त्यसको टुंगो नलाग्दासम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने उनीहरूको तर्क छ।
कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। यसैबीच, इतर पक्षको भेलाले गगन थापालाई सभापतिको उम्मेदवारका रूपमा अस्वीकार गर्दै देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।
.gif)

.png)

