बैंक तथा वित्तीय संस्थाको कार्यक्षेत्र वर्गीकरण गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यक्षेत्र वर्गीकरण गर्ने तयारी गरेको छ। यसका लागि केन्द्रीय बैंकले अध्ययन अघि बढाएको जनाएको छ।
हाल सञ्चालनमा रहेका पूर्वाधार बैंक, वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त वित्तीय संस्था तथा विभिन्न पेन्सन फन्डको कार्यक्षेत्र छुट्याउने उद्देश्यसहित अध्ययन भइरहेको राष्ट्र बैंकले जनाएको छ।
यी संस्थाहरूले गर्ने काममा धेरै समानता देखिएपछि स्पष्ट कार्यविभाजन र प्रभावकारी नियमनका लागि वर्गीकरण आवश्यक ठानिएको हो।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पनि बैंक तथा वित्तीय संस्थाको वर्गीकरणसम्बन्धी अध्ययन सम्पन्न गरी त्यसका आधारमा बैंक तथा गैरबैंक वित्तीय संस्थालाई लक्षित कार्यक्षेत्रमा सेवा विस्तार गर्न प्रोत्साहन गर्ने नियामकीय व्यवस्था क्रमशः लागू गरिने उल्लेख गरिएको छ।
राष्ट्र बैंकका अनुसार यस व्यवस्थाले वित्तीय संस्थाबीचको कार्य दोहोरोपन घटाउने, दक्षता अभिवृद्धि गर्ने तथा वित्तीय सेवा थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
.gif)

.png)

