२५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


२०८३ असार २३ मंगलबार ११:५७ बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार २५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र जारी गर्ने भएको छ। नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ङु नाम दिइएको उक्त ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्थाले बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। न्यूनतम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकताका आधारमा ऋणपत्र प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ।

यो ऋणपत्रको अवधि एक वर्ष रहनेछ भने यसको साँवा २०८४ असार २३ गते भुक्तानी गरिनेछ। लगानीकर्ताले अर्धवार्षिक रूपमा ब्याज प्राप्त गर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। त्यसपछि ५ करोड रुपैयाँका गुणकमा कुल आवश्यक रकमसम्म बोलकबोल गर्न सकिनेछ।

चालु आर्थिक वर्षको अन्तिम चरणमा बजारबाट अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यसहित राष्ट्र बैंकले पछिल्लो समय लगातार ऋणपत्र जारी गर्दै आएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७