लुम्बिनी प्रदेश सरकारको कदमप्रति अग्रगामी मोर्चाको आपत्ति


२०८३ भदौ २ मंगलबार १८:४२ बजे

काठमाडौं । लुम्बिनी प्रदेश सभामा संसदीय व्यवस्थाको मूल्य, मर्यादा र मान्यताविपरीत गतिविधि भएको भन्दै अग्रगामी मोर्चाले प्रदेश सरकारको कदमप्रति घोर भर्त्सना र निन्दा गरेको छ।

अग्रगामी मोर्चाले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनता समाजवादी पार्टी ९जसपा०, नेपालको निर्णय तथा निर्देशनविपरीत नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० सम्मिलित नेकपा ९एमाले० नेतृत्वको प्रदेश सरकारले जसपा, नेपालका प्रदेशसभा सदस्यहरूलाई मन्त्री पदको शपथ ग्रहण गराएको विषयमा आपत्ति जनाएको हो।

मोर्चाले २०८३ भदौ १ गते प्रदेशसभा सदस्यहरूलाई सरकारको पक्षमा मतदान गराउने कार्यसमेत संसदीय व्यवस्था र लोकतान्त्रिक प्रणालीको मान्यताविपरीत भएको जनाएको छ। उक्त कार्य अनैतिक तथा असंसदीय भएको भन्दै मोर्चाले तत्काल सच्याउन माग गरेको छ।

यसैबीच, २०८३ भदौ २ गते बसेको अग्रगामी मोर्चाको बैठकले आगामी प्रदेश निर्वाचनसम्म मोर्चामा आबद्ध कुनै पनि घटक दल प्रदेश सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

मोर्चाले उक्त निर्णय तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७