४५ अजिङ्गरसहित ६९ वन्यजन्तुको उद्धार

चितवनमा एक वर्षमा ६९ वन्यजन्तुको उद्धार


२०८३ भदौ ३ बुधबार ०७:३४ बजे

चितवन : डिभिजन वन कार्यालय चितवनले गत आर्थिक वर्षमा विभिन्न स्थानबाट ६९ वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको छ। कार्यालय प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार सबैभन्दा धेरै ४५ अजिङ्गरको उद्धार गरिएको छ। यस्तै चार चित्तल, तीन रतुवा, तीन धामन सर्प, दुई गोही, दुई मयुर र दुई लाटोकोसेरोको उद्धार गरिएको छ।

बाँदर, नियाले बाघ, जरायो, मलसाप्रो, चितुवा, गोहोर, कछुवा र हुच्चिल एक–एकवटा उद्धार गरिएको कार्यालयले जनाएको छ। बस्ती तथा समुदायमा पसेर समस्या सिर्जना गरेका वन्यजन्तुको उद्धार गरी व्यवस्थापन गरिएको हो। सोही अवधिमा ४२ मृत वन्यजन्तुको समेत व्यवस्थापन गरिएको छ। तीमध्ये ३० चित्तल, नौ रतुवा, दुई बँदेल र एक स्याल रहेका छन्।

यसैगरी कार्यालयले गत आर्थिक वर्षमा अवैध काठ तस्करीमा प्रयोग गरिएका २६७ साइकल लिलामी गरी दुई लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। चालु आर्थिक वर्षमा कसुरजन्य मुद्दामा नियन्त्रणमा लिइएका तथा बेवारिसे अवस्थामा भेटिएका ८१ मोटरसाइकल लिलामी गर्ने तयारी गरिएको आचार्यले बताए। यससँगै २५ बस, ट्रक, भ्यान, अटो तथा ट्याक्टर र ५९ साइकलको समेत लिलामी प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७