बाढीपहिरोले १० ठाउँमा राजमार्ग अवरुद्ध, चार सडकमा एकतर्फी यातायात

देशभरका १४ सडकखण्ड बाढीपहिरोको चपेटामा, १० ठाउँमा यातायात ठप्प


२०८३ भदौ ३ बुधबार ०७:४४ बजे

काठमाडौँ : बाढीपहिरोका कारण आज पनि देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार १० ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध छन् भने चार ठाउँमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

इलामको मेची राजमार्ग, काभ्रेको बीपी राजमार्ग, मकवानपुरको कान्तीलोकपथ, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ सडक, नुवाकोटको टोखा–छहरे सडक, लमजुङको बेँसीसहर–मनाङ सडक, रुकुमपश्चिमको जाजरकोट–डोल्पा सडक र मुगुको नाग्म–गमगडी सडकखण्ड बाढीपहिरोका कारण पूर्णरूपमा अवरुद्ध छन्।

यस्तै, बागलुङको कालीगण्डकी करिडोर र बागलुङ–बेनी सडक, मुस्ताङको मुस्ताङ–कोरला सडक तथा भोजपुरको मध्यपहाडी राजमार्गमा एकतर्फी मात्रै यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

हेर्नूहोस् विवरणः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७