कम्बोडियाबाट ४६ नेपालीको उद्धार
काठमाडौं : बैंककस्थित नेपाली दूतावासले कम्बोडियामा समस्यामा परेका ४६ जना नेपालीको उद्धार गरेको छ।
विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा संलग्न गराइएको जानकारी पाएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरिएको दूतावासले जनाएको छ। उद्धार गरिएका सबै नेपाली स्वदेश फर्किसकेका छन्।
दूतावासका अनुसार आकर्षक रोजगारीको प्रलोभनमा परेर पछिल्ला वर्षहरूमा ठूलो सङ्ख्यामा नेपाली कम्बोडिया पुगेका छन्। सन् २०२१ मा १०१ जना, सन् २०२२ मा १ हजार ९७७ जना, सन् २०२३ मा २ हजार ९४० जना, सन् २०२४ मा ६ हजार ४०४ जना र सन् २०२५ मा ९ हजार ६७६ जना नेपाली त्यहाँ पुगेको तथ्यांक छ।
दूतावासले श्रम स्वीकृति नलिई कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड नजान आग्रह गरेको छ।
.gif)

.png)

