बार्सिलोनामा प्रशिक्षकको भूमिकामा फर्किए सर्जियो बुस्केट्स


२०८३ भदौ २ मंगलबार १९:३५ बजे

काठमाडौं। स्पेनिस क्लब बार्सिलोनाका पूर्व मिडफिल्डर सर्जियो बुस्केट्स फेरि क्लबमा फर्किएका छन्। तर यसपटक उनी खेलाडीका रूपमा नभई प्रशिक्षकको भूमिकामा बार्सिलोना आएका हुन्।

बुस्केट्सले क्लबको रिजर्भ टोली बार्सा एट्लेटिकको सहायक प्रशिक्षकका रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन्। ३८ वर्षीय बुस्केट्स मुख्य प्रशिक्षक जुलियानो बेलेट्टीको प्रशिक्षण टोलीमा आबद्ध भएका हुन्।

हाल प्रशिक्षक प्रशिक्षणको ब्याज पूरा गर्ने प्रक्रियामा रहेका बुस्केट्सले यस भूमिकामार्फत व्यावहारिक अनुभव हासिल गर्नेछन्। साथै, बार्सिलोनाका युवा खेलाडीलाई आफ्नो लामो खेलजीवनबाट सिकेका अनुभव, सीप र रणनीति हस्तान्तरण गर्ने अवसर पनि पाउनेछन्।

बुस्केट्सले सन् २०२३ मा बार्सिलोना छाडेपछि अमेरिकी क्लब इन्टर मियामीबाट खेलेका थिए। गत डिसेम्बरमा व्यावसायिक फुटबलबाट सन्न्यास लिएपछि उनी प्रशिक्षकका रूपमा बार्सिलोना फर्किन सक्ने चर्चा हुँदै आएको थियो।

अन्ततः बुस्केट्स बार्सिलोनामै फर्किएका छन्। अब उनले खेलाडीका रूपमा होइन, प्रशिक्षकका रूपमा क्लबमा आफ्नो नयाँ अध्याय सुरु गर्नेछन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७