रवि लामिछानेको चीन भ्रमण पर सर्‍यो


२०८३ श्रावण ३१ आइतबार १३:२८ बजे

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो साताका लागि सरेको छ । यसअघि लामिछाने अगस्ट दोस्रो साता चीन भ्रमणमा जाने तयारी थियो । तर, आन्तरिक तयारीलगायतका कारण भ्रमणको मिति सेप्टेम्बर दोस्रो सातालाई सारिएको स्रोतले जनाएको छ ।

भ्रमणका क्रममा लामिछाने तिब्बतस्थित मानसरोवरसमेत जाने कार्यक्रम तय भएको एक उच्च सरकारी अधिकारीले बताए । यसअघि उनको मानसरोवर भ्रमण हुने वा नहुने निश्चित भएको थिएन ।

चीन भ्रमणका क्रममा लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकारका उच्च अधिकारीहरूसँग भेटघाट गर्ने तयारी रहेको बताइएको छ । यद्यपि, चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भने उनको भेट नहुने स्रोतले जनाएको छ ।

यसअघि भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर फर्किएका लामिछानेले चीनमा पनि सोही प्रकृतिको उच्चस्तरीय भेटघाटको प्रबन्ध मिलाउन प्रयास गरिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७