भावुक हुँदै संसद्‌मा गृहमन्त्रीको प्रष्टीकरण: गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, मलाई ढाँट्न आउँदैन


२०८३ असार २६ शुक्रबार १६:३७ बजे

काठमाडौं। मुगुका २५ वर्षीय युवक गणेश नेपालीको आत्मदाह र निधनको विषयलाई लिएर प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले उठाएका प्रश्नहरूको गृहमन्त्री सुधन गुरुङले भावुक हुँदै प्रष्टीकरण दिएका छन्. उनले सरकारको तर्फबाट नेपालीलाई बचाउन अथक प्रयास गरिएको दाबी गर्दै यस दुःखद घटनालाई राजनीतिकरण नगर्न विपक्षी दलहरूलाई आग्रह गरे 

'बचाउन हाम्रो बेस्ट दिएका हौं'

रोस्ट्रममा उभिएर जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले सरकारले आफ्नो दायित्वबाट एक इन्च पनि पछि नहट्ने स्पष्ट पारे. "हामीले अथक प्रयास गरेकै हो। श्री एयरलाइन्सको प्लेन रेडी गरेकै हो, अनुमति लिएकै हो. तर चिकित्सकले स्टेबल राख्नुपर्‍यो भन्नुभयो, उहाँको ब्लड प्रेसर नै लो भएको थियो," उनले भने, "हामीले उहाँलाई बचाउन प्रयास गरेको हो नि त. यहाँ आएर अहिले सबै डाक्टर बनिसकेका छन्."

नचाहँदा नचाहँदै पनि अथक प्रयासका बाबजुद गणेश नेपालीलाई बचाउन नसकिएकोमा दुःख व्यक्त गर्दै उनले थपे, "म बुझ्छु यी प्रश्न, तर हामी त्यहाँ हुँदा हाम्रो बेस्ट दिएको हो. मलाई ढाँट्न आउँदैन. यो गरिमामय सदनलाई ढाँट्दा सारा नेपाली जनतालाई ढाँटिरहेको हुन्छु."

काठमाडौं महानगर र विपक्षी दलमाथि प्रश्न

काठमाडौं महानगरपालिकामा सवारी साधनमा ह्वील लक लगाइएको घटनालाई लिएर गृहमन्त्री गुरुङले स्थानीय सरकारमाथि प्रश्न उठाए. उनले काठमाडौंमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार नभएको स्पष्ट पार्दै स्थानीय तहले गरेको कार्यका कारण बिहीबारको घटना घट्न पुगेको बताए .

"तपाईंहरू आफैं भन्नुस्, अहिले काठमाडौंमा स्थानीय सरकार कसको? ह्वील लक लगाएको कसले? हामीले भनिराख्नुपर्ने? अनि त्यो दोष पनि हामीले भोग्नुपर्ने?," गृहमन्त्रीले प्रश्न गरे

'तपाईंहरूले बनाएको कानुन हामीले टेकेका हौं'

विपक्षी दलहरूलाई तीन तहको सरकार सञ्चालन प्रक्रियाबारे स्मरण गराउँदै गृहमन्त्री गुरुङले पुराना दलहरूले नै बनाएको कानुन आफ्नो सरकारले कार्यान्वयन गरिरहेको बताए. "कुनै भिडियोमा छ, ट्राफिकले ह्वील लक गरेको छ? म विपक्षी दलका साथीहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले? रास्वपाको छ? प्रदेश सरकार कसको छ अहिले? रास्वपाको छ? दुई तहको सरकार त तपाईंहरूसँगै छ. यो नियम कानुन कसले बनाएको? तपाईंहरूले कानुन बनाएको हो, हामीले त्यही कानुन टेकेको हो," उनले संसद्‌मा भने 

उनले सदनको गरिमा कायम राख्न र नेपाली जनताको आशालाई मर्न नदिन 'एउटै डुंगामा सवार' भएर अघि बढ्न विपक्षी सांसदहरूलाई आग्रह गरे 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७