सिभिल अस्पतालका फार्मेसी इन्चार्ज दीपा ढुङ्गानासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झण्डै ३ करोड बिगो


२०८३ असार २४ बुधबार १७:२५ बजे

काठमाडौं । काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा औषधि खरिद तथा मौज्दात व्यवस्थापनमा व्यापक अनियमितता भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अस्पतालको फार्मेसी शाखाका कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँगको मिलेमतोमा अस्पतालमा औषधि आपूर्ति नै नगरी बिल भरपाइ मिलाएर भ्रष्टाचार गरेको आयोगको अनुसन्धानबाट खुलेको हो ।

जनही २ करोड ९१ लाख बिगो दाबी
आयोगले जनही २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बिगो कायम गर्दै निम्न कर्मचारीहरूविरुद्ध मुद्दा दायर गरेको छस्
१. दीपा ढुङ्गाना:फार्मेसी युनिट इन्चार्जरफार्मेसी अधिकृत
२..लवेन्द्र कुँवर: फार्मेसी सहायक
३. दिनेश पन्त: वरिष्ठ फार्मेसी सहायक
४.दीपक सापकोटा: फार्मेसी सहायक
 विस्तृत सूची (अन्य प्रतिवादीहरू) स्टोर किपर तथा वरिष्ठ फार्मेसी सहायकहरू विनोद पोखरेल, शर्मिला श्रेष्ठ, केशव राज न्यौपाने र सन्दीप तिवारी ।

यसरी हुन्थ्यो बदमासी
अख्तियारका अनुसार कर्मचारीहरूले सफ्टवेयरमा औषधिको इन्ट्री गरे पनि वास्तवमा अस्पतालमा औषधि भित्र्याएका थिएनन् । अस्पतालको स्टोर र भर्‍याङमुनि करोडौँ मूल्यका औषधि म्याद गुज्रिएर फालेको अवस्थामा भेटिए पनि कम्प्युटर सफ्टवेयरमा भने ती औषधिहरू सुरक्षित स्टक ९मौज्दात० देखाइएको पाइएको छ ।

यसअघि महालेखा परीक्षकको प्रतिवेदनले पनि अस्पतालको फार्मेसीमा खरिद, बिक्री र बाँकी परिमाणको सन्तुलन परीक्षण ९त्चष्ब िद्यबबिलअभ० तयार नपारिएको भन्दै कैफियत औँल्याएको थियो । म्याद सकिन लागेका औषधि आपूर्तिकर्तालाई फिर्ता गरी सोधभर्ना लिनुपर्नेमा कर्मचारीहरूले उल्टै आपूर्तिकर्ताको धरौटी रकम समेत फिर्ता गरिदिएर सार्वजनिक सम्पत्तिमा हानि(नोक्सानी पुर्‍याएको आयोगको ठहर छ ।

अस्पतालका कार्यकारी निर्देशकले म्याद गुज्रिएका औषधि फिर्ता गर्न दिएको जिम्मेवारी पूरा नगरी उनीहरूले उल्टै नक्कली प्रतिवेदन तयार पारेर सरकारी सम्पत्तिको हिनामिना गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७