चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत


२०८३ असार २३ मंगलबार १८:२३ बजे

काठमाडौं । राष्ट्रियसभाले विभिन्न चार विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

मंगलबार बसेको राष्ट्रियसभा बैठकले प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ लाई विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको हो।

त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पनि दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव बैठकले पारित गरेको छ।

यसैगरी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रस्तुत गरेको सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ लाई पनि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रस्तुत गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ लाई पनि दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव राष्ट्रियसभाले अनुमोदन गरेको छ। राष्ट्रियसभाको अर्को बैठक असार २५ गते दिउँसो १२ः१५ बजे बस्ने तय भएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७