संघीय संसद्का दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित
काठमाडौं। आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट संघीय संसद्का दुवै सदनबाट पारित भएको छ। प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयक, २०८३ राष्ट्रियसभाले पनि मंगलबार बहुमतले पारित गरेसँगै बजेटले संसदीय स्वीकृति पाएको हो।
राष्ट्रियसभा बैठकमा अर्थमन्त्री डा। स्वर्णीम वाग्लेले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए। छलफलपछि विधेयक बहुमतले पारित भएको हो।
यसअघि प्रतिनिधिसभाले पनि विनियोजन विधेयक पारित गरिसकेको थियो। राष्ट्रियसभाबाट समेत स्वीकृत भएसँगै आगामी आर्थिक वर्षको बजेट संघीय संसद्का दुवै सदनबाट पारित भएको छ।
बैठकमा अर्थमन्त्री डा। वाग्लेले आर्थिक विधेयक, २०८३ पनि सभासमक्ष पेश गरेका छन्। अब बजेट कार्यान्वयनका लागि संवैधानिक प्रक्रियाअनुसार प्रमाणीकरणपछि लागू हुने बाटो खुलेको छ।
.gif)

.png)

