सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाएको आरोपमा रक्षा मन्त्रालयका अधिकृत पक्राउ


२०८३ असार २२ सोमबार १५:३८ बजे

काठमाडौं । सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाएको आरोपमा रक्षा मन्त्रालयमा कार्यरत एक अधिकृत पक्राउ परेका छन्।

प्रहरी वृत्त सातदोबाटो, ललितपुरका अनुसार पक्राउ पर्नेमा रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। उनी बैतडीको पाटन नगरपालिका–७ का स्थायी बासिन्दा हुन् भने हाल ललितपुर महानगरपालिका–२, इमाडोलमा बस्दै आएका छन्।

प्रहरीका अनुसार इमाडोलस्थित सार्वजनिक स्थानमा उनले एक महिलाप्रति अशोभनीय व्यवहार गर्दै गोप्य अंग देखाएको आरोप लागेको हो। घटनापछि पीडित महिलाले उक्त व्यक्तिको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रारम्भिक अनुसन्धानबाट भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ। हाल उनलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७