ठमेलमा अश्लील क्रियाकलाप र प्रहरीमाथि दुर्व्यवहार गर्ने पाँच विदेशी महिला पक्राउ


२०८३ असार १८ बिहीबार ०७:०४ बजे

काठमाडौं – नेपाल प्रहरीले काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलापमा संलग्न रहेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा चार जना युगान्डा र एक जना इन्डोनेसियाका नागरिक रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, पक्राउ परेकाहरूले काठमाडौं महानगरपालिका–२६, ठमेलस्थित सडकमा हिँडिरहेका स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अनावश्यक रूपमा बाटो छेकेर अश्लील क्रियाकलापका लागि मोलमोलाई गर्ने र हैरानी दिने गरेका थिए।

प्रहरीले घटनास्थलमा उनीहरूलाई सम्झाइबुझाइ गर्ने प्रयास गर्दा उल्टै प्रहरीमाथि नै अभद्र व्यवहार र दुर्व्यवहार गरेको प्रवक्ता भट्टराईले जानकारी दिए। पक्राउ परेका पाँचै जना महिलालाई नियन्त्रणमा लिई हाल थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७