ओलीको आरोप- सरकारी हस्तक्षेपले एन्फा प्रतिबन्धको अवस्थामा पुग्यो


२०८३ असार १६ मंगलबार १५:२६ बजे

काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी हस्तक्षेपका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थामा पुगेको दाबी गरेका छन्।

नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले एन्फालाई प्रतिबन्धको अवस्थाबाट बाहिर निकाल्दै नेपाली खेलकुदलाई संस्थागत रूपमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार नेतृत्व परिवर्तन मात्र पर्याप्त नभई खेलकुद क्षेत्रको आधारभूत संरचना र प्रणालीमै सुधार आवश्यक छ।

ओलीले नेपाली खेलाडीहरूले पनि अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको प्रतिष्ठा बढाउन सक्ने विश्वास व्यक्त गरे। उनले खेलाडीहरूको मनोबल उच्च राख्नुपर्नेमा जोड दिँदै एन्फालाई पुनः सशक्त बनाउनुपर्ने बताए।

उनले खेलाडीमा देशभक्ति अनिवार्य हुनुपर्ने धारणा पनि राखे। विश्वकपजस्ता प्रतियोगितामा आफ्नै देशका खेलाडीले प्रतिनिधित्व गर्ने व्यवस्था देशप्रतिको समर्पण र राष्ट्रिय गौरवसँग जोडिएको उल्लेख गर्दै उनले देशको प्रतिष्ठाका लागि खेलाडीहरू पूर्ण समर्पणका साथ मैदानमा उत्रिने गरेको बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७