उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालन, उद्योग र कम्पनी दर्ताको विवरण अब रियल टाइममा


२०८३ असार १५ सोमबार २०:२१ बजे

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग, कम्पनी तथा फर्म दर्तासम्बन्धी विवरण सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ‘ड्यासबोर्ड’ सञ्चालनमा ल्याएको छ।

उद्योगमन्त्री गौरी कुमारीको सक्रियतामा सुरु गरिएको यस प्रणालीमार्फत दैनिक हुने कम्पनी, उद्योग र फर्म दर्ताको विवरण अब रियल टाइममै अद्यावधिक हुनेछ।

यसअघि नेपालमा दर्ता भएका उद्योग तथा कम्पनीहरूको अद्यावधिक जानकारी प्राप्त गर्न कठिन हुने गरेकामा ‘ड्यासबोर्ड’ सञ्चालनपछि यस्तो विवरण सहजै हेर्न सकिने मन्त्रालयले जनाएको छ।

हाल यसमा उद्योग विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना प्रविधि प्रणाली समेटिएका छन्। सूचना प्रविधि प्रणाली नभएका निकायको विवरण भने ‘डाइनामिक फर्म’मार्फत समावेश गरिने व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार एपीआईमार्फत सबै प्रणालीलाई एकीकृत गरी रियल टाइम डाटा उपलब्ध गराउने व्यवस्था गरिएको छ। आगामी आर्थिक वर्षदेखि प्रदेशस्तरका दर्तासम्बन्धी विवरणसमेत यसमा समावेश गर्ने योजना र

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७