न्युजिल्यान्डमाथि शानदार विजयसँगै बेल्जियम समूह विजेता
काठमाडौं, १३ असार: फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'जी' को निर्णायक खेलमा न्युजिल्यान्डलाई ५–१ को फराकिलो अन्तरले पाखा लगाउँदै बेल्जियम समूह विजेता बनेको छ। क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको खेलमा लिएन्ड्रो ट्रोसार्डले दुई गोल गर्दै बेल्जियमको सहज जितको आधार खडा गरे।
समूहका अघिल्ला दुवै खेल बराबरी खेलेको बेल्जियमका लागि नकआउट चरणमा पुग्न यो खेल जित्नैपर्ने दबाब थियो, जसमा टोलीले शानदार प्रदर्शन गर्दै ५ अंकका साथ समूहको शीर्ष स्थान कब्जा गर्यो। अर्को खेलमा इजिप्ट र इरानले १–१ को बराबरी खेलेपछि गोलअन्तरका आधारमा बेल्जियम समूह विजेता बनेको हो।
खेलको २८औं मिनेटमा गोलको खाता खोलेका ट्रोसार्डले ५०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसपछि केभिन डे ब्रुएनाले ६६औं र रोमेलु लुकाकुले ८६औं मिनेटमा गोल थप्दै बेल्जियमलाई जितको नजिक पुर्याएका थिए।
न्युजिल्यान्डका लागि एलिजा जस्टले ८४औं मिनेटमा एक गोल फर्काए पनि इन्जुरी समयको चौथो मिनेटमा एलेक्सिस सेलेमेकर्सले गोल गर्दै बेल्जियमको ५–१ को फराकिलो जित सुनिश्चित गरे। समूह चरणमा केही संघर्षपूर्ण सुरुवात गरे पनि अन्तिम खेलको यो नतिजाले बेल्जियमको नकआउट चरणको यात्रालाई थप उत्साहजनक बनाएको छ।
.gif)

.png)

