स्कटल्यान्डमाथि ब्राजिलको सानदार जित, समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश
काठमाडौं : फिफा विश्वकप- २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्यान्डलाई ३–० गोलअन्तरले पराजित गर्दै ब्राजिल समूह विजेता बनेको छ। यो जितसँगै ७ अंक जोडेको ब्राजिल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ।
मियामी स्टेडियममा भएको खेलमा ब्राजिललाई सहज जित दिलाउन भिनिसियस जुनियरले दुई र म्याथेस कुन्हाले एक गोल गरे। ब्राजिलले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो।
भिनिसियसले खेलको सातौँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। त्यसैगरी, खेलको ६० औँ मिनेटमा म्याथेस कुन्हाले गोल गर्दै ब्राजिलको ३-० को जित सुनिश्चित गरे।
यो हारसँगै स्कटल्यान्ड ३ अंकमै सीमित भएको छ र उसको अर्को चरण पुग्ने सम्भावना निकै कमजोर बनेको छ। यसै समूहबाट मोरक्को पनि समान ७ अंकसहित दोस्रो स्थानमा छ।
यता, गएराति नै भएको समूह ‘बी’ को खेलमा सहआयोजक क्यानडालाई २-१ गोलले पराजित गर्दै स्विट्जरल्यान्ड पनि समूह विजेता बनेको छ।
.gif)

.png)



