हामीले नेतालाई भगवान् बनाएर गल्ती गर्‍यौँ, तपाईंहरूले त्यस्तो गल्ती नगर्नुहोला : गगन थापा


२०८३ असार ७ आइतबार १९:४३ बजे

काठमाडौँ :  नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तालाई आफ्ना नेताहरूलाई ‘भगवान्’ नबनाउन सुझाव दिएका छन् । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले कार्यकर्ताहरूलाई आफ्नै दलभित्र पनि प्रश्न गर्न नछाड्न आग्रह गरे । 

रास्वपाजनलाई सम्बोधन गर्दै थापाले भने, ‘तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले आफ्नै दलका नेताहरूलाई ‘भगवान्’ र ‘बा’ बनाएर गल्ती गरिसकेका छौँ, तपाईँहरूले त्यस्तो गल्ती नगर्नुहोला। गल्ती गर्दा आफ्ना नेताहरूलाई पनि प्रश्न सोध्न नडराउनुहोस्।’ 

सभापति थापाले आफ्ना पुराना अनुभव साझा गर्दै भने, 'हामीले ढिला गर्‍यौँ र त्यसको सजाय पनि पायौँ। हाम्रो पार्टी दास र लासको होइन भनेर केही अघि नै बोल्न सक्नुपथ्र्यो, तर हामीले सकेनौँ। हामीले गरेको त्यो गल्तीबाट तपाईँहरूले सिक्नुहोला। आफ्नै नेतालाई प्रश्न गर्ने आँट र साहस राख्नुहोस्। गल्ती हुँदा अन्य पार्टीलाई भन्दा पहिले आफ्नै पार्टीलाई औँल्याउन सक्नुपर्छ।’ 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७