निजामती कर्मचारी अस्पतालमा ६ महिनादेखि सिटी स्क्यान सेवा ठप्प


२०८३ असार ७ आइतबार १४:०० बजे

काठमाडौँ : नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा विगत छ महिनादेखि पूर्ण रूपमा बन्द भएको छ। अस्पतालमा रहेको सिटी स्क्यान मेसिन बिग्रिएपछि सो सेवा अवरुद्ध भएको हो।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. रविप्रकाश शर्माले मेसिनमा आएको प्राविधिक समस्याका कारण लामो समयदेखि सेवा ठप्प भएको जानकारी दिए। 'सिटी स्क्यान मेसिन बिग्रिएर बिरामीहरूलाई धेरै नै समस्या भएको छ,' उनले भने, 'अस्पतालमा सिटी स्क्यान गर्नुपर्ने बिरामीहरूलाई सेवाका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता छ।' 

दैनिक ६०० भन्दा बढी बिरामी उपचारका लागि आउने यस अस्पतालमा सिटी स्क्यानजस्तो महत्त्वपूर्ण र संवेदनशील सेवा लामो समयसम्म बन्द हुँदा सेवाग्राहीहरू थप सास्ती भोग्न बाध्य भएका छन्। अस्पताल प्रशासनले सेवा सुचारु गर्ने विकल्पबारे स्पष्ट जानकारी नदिँदा बिरामीहरू महँगो शुल्क तिरेर बाहिरका निजी अस्पताल वा अन्य केन्द्रहरूमा जानुपर्ने अवस्था छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७