रास्वपा महाधिवेशनमा गगन थापा जाने


२०८३ असार ७ आइतबार ११:०४ बजे

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन्। सभापति थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार उनी आजै चितवन प्रस्थान गरी रास्वपाको समुद्घाटन समारोहमा सरिक हुने कार्यक्रम छ। रास्वपाले आफ्नो प्रथम महाधिवेशनका लागि राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा पठाएको थियो।

सहभागी हुनुअघि आज बिहान सभापति थापाले रास्वपा र सभापति रवि लामिछानेलाई महाधिवेशनको सफलताको शुभकामना दिएका छन्। उनले स्थापनाको छोटो अवधिमै उल्लेखनीय जनसमर्थन जुटाउँदै रास्वपाले राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको भन्दै नेतृत्वको प्रशंसा गरेका छन्।

'तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ,' थापाले सन्देशमा उल्लेख गरेका छन्। उनले रास्वपाको यो महाधिवेशनलाई विचार, संगठन र नीतिका दृष्टिले पार्टीलाई थप परिपक्व, जिम्मेवार र दूरदर्शी बनाउने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्। सभापति थापाले महाधिवेशनले लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै नागरिक अधिकारको संरक्षण र पार्टीलाई थप वैचारिक रूपमा स्पष्ट तथा जवाफदेही बनाउन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७