राप्रपा बैठकमा पूर्वअध्यक्षहरू पशुपति शम्शेर, कमल थापा र प्रकाशचन्द्र लोहनी गएनन्


२०८३ असार ५ शुक्रबार १३:३८ बजे

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज काठमाडौँमा सुरु भएको छ। पार्टीभित्रका पछिल्ला राजनीतिक घटनाक्रम र आगामी कार्यदिशा तय गर्न बोलाइएको उक्त बैठकमा शीर्ष नेताहरूको अनुपस्थितिले सबैको ध्यान तानेको छ।

बैठकमा पार्टीका तीन पूर्वअध्यक्षहरू पशुपति शम्शेर राणा, कमल थापा र प्रकाशचन्द्र लोहनी सहभागी भएका छैनन्। बैठक हलमा उनीहरूका लागि छुट्याइएका कुर्सीहरू खाली देखिएका छन्। त्यस्तै, पार्टीका उपाध्यक्ष विक्रम पाण्डेसमेत बैठकमा उपस्थित छैनन्। रोचक पक्ष के छ भने, यी नेताहरू बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा भने सहभागी भएका थिए।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन्। वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको राजीनामा तथा महामन्त्री धवल शम्शेर राणालगायत १८६ नेताको बहिर्गमनपछि पहिलो पटक बसेको यस बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ। पार्टीमा देखिएको आन्तरिक असन्तुष्टि र नेताहरूको अनुपस्थितिका बीच सुरु भएको यो केन्द्रीय समिति बैठक शनिबारसम्म चल्ने कार्यक्रम रहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७