हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याउँछौँ: उद्योगमन्त्री


२०८३ असार ३ बुधबार १८:४० बजे

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा उद्योग र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो जानकारी दिएकी हुन्।

मन्त्री कुमारीले कपडा र धागो उद्योगको पुन: सञ्चालनका लागि कपासखेतीलाई पनि सँगसँगै अगाडि बढाउने योजना रहेको बताएकी छिन्। 'रुग्ण उद्योगका रूपमा रहेका हेटौँडा कपडा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउँछ। कपडा र धागो उद्योग तथा कपासखेती एकैसाथ अगाडि बढाउनुपर्छ। यी उद्योग यही वर्ष सञ्चालनमा आउँछन्', उनले दृढताका साथ भनेकी छिन्।

त्यसैगरी, मन्त्री कुमारीले पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने कार्य अगाडि बढिसकेको जानकारी पनि दिएकी छिन्। रुग्ण उद्योगहरूलाई जीवन्त तुल्याएर स्वदेशी उत्पादन बढाउने सरकारी लक्ष्य रहेको उनको भनाइ छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७